challenger
新着情報

माटोका भाँडाहरू बनाउने भियतनामी कालिगडहरूले तोहो गाउँमा उच्च मूल्यका भाँडाहरू सिर्जना गर्ने उद्देश्यले प्रशिक्षण !

२०२४ साल फेब्रुवरी २० तारिकमा उत्तरी भियतनामको फु ल्यान गाउँका माटोका भाँडा बनाउने कालिगडहरूले माटोका भाँडा उत्पादन गर्ने जापानकै प्रमुख ठाउँ फुकुओका प्रान्तको तोहो गाउँको भ्रमण गर्नुभयो |

पोर्सिलिन जस्तै पातलो अनि हलुका ताकाडोरी याकी तथा कोशिवारा याकी भाँडाहरू बनाउने प्रविधि प्रयोग गरि [साना उच्च मूल्यका माटोका भाँडा ] बनाउने प्रशिक्षण लिनको लागि तोहो गाउँका ४ वटा स्थानहरूमा कुल १० दिनको प्रशिक्षण तालिम लिए |

फु ल्यान गाउँलाई [ माटोको भाँडाको गाउँ ] भनेर चिनिन्छ | हाल, पानीका भाँडा जस्ता ठूला भाँडाहरू धेरै मात्रामा उत्पादन गर्दा सामानको मूल्य कम भए | यस गाउँका माटोका भाँडा बनाउने कालिगडहरूको आम्दानी अन्य ठाउँहरूमा भन्दा कम छ | स्रोतको कमी र वातावरणीय विनाश पनि गम्भीर समस्याहरू हुन् |

अर्कोतर्फ, भियतनामी बजारमा उच्च गुण, उच्च मूल्यका भाँडाहरूको प्रयोग भएको उच्चकोटीको सर्भिसको माग बढ्दै गईरहेको छ |

यस अवस्ठालाई मध्य नजर गर्दै , २०२१ सालको अगस्त महिनादेखि प्राविधिक प्रशिक्षणका लागि जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी ( जाइका )ले फुकुओका प्रान्त तोहो गाउँ, ओनिमारू युकियामा खामामोटो लिमिटेड, कुसानोने प्राविधिक सहयोग परियोजनालाई [ भियतनामको बाकुनिन प्रान्त फु ल्यान गाउँमा माटोका भाँडा उत्पादकहरूको जिविका सुधार योजना ] गर्न यसपटकको तालिम पनि यसै क्रियाकलापको एक हिस्साको रूपमा संचालन गरिएको हो |

परम्पराको संरक्षण मात्र नभई संसारभरबाट प्रशंसा पाएर अत्याधिक विक्री हुने भाँडाहरूको उत्पादन गर्दै आएको ओनिमारू युकियामा कम्पनीका ओनिमारू आयोयामाजीले प्रशिक्षार्थीहरुलाई प्रविधि तालिम दिएर आफ्नो काम देखाउने जस्ता कार्यबाट [आफ्नो क्षेत्रमा पनि यसरी नै उच्च गुणस्तरीय भाँडाहरूको उत्पादन गरेर उक्त क्षेत्रको विकासमा योगदान पुग्नेछ ] भन्ने उत्साहले प्रशिक्षण दिनुभयो |

ओनिमारू युकियामा कम्पनीका ओनिमारू आयोयामाजीले तालिम दिईहनु भएको
ओनिमारू युकियामा कम्पनीका ओनिमारू आयोयामाजीले तालिम दिईहनु भएको
सम्पूर्ण प्रशिक्षार्थीहरूसँगको तस्विर
सम्पूर्ण प्रशिक्षार्थीहरूसँगको तस्विर
स्थानीय समाग्रीहरू प्रयोग गरेर बनाइएका परिकारहरू र परिकारका लागि मिल्ने छनौट गरिएका भाँडाहरू
स्थानीय समाग्रीहरू प्रयोग गरेर बनाइएका परिकारहरू र परिकारका लागि मिल्ने छनौट गरिएका भाँडाहरू

!

फेब्रुवरी २१ तारिक तोहो गाउँका मेयर सानका हिडेकी ज्यूले प्रोत्साहन दिन निरीक्षण भ्रमण गर्नुभयो|त्यसैगरी २७ तारिकमा फुकुओकास्थित भियतनाम महावाणिज्य दूताबासका बु चि माइ महावाणिज्यदूतले तालिमको निरीक्षण भ्रमण गरेर [ जापान र भियतनामको सम्बन्धमा एउटा बलियो आधार भनेको परम्परागत संस्कृतिप्रतिको सहानुभूति हो | भाँडा बनाउने परम्परामा पनि त्यस्तै साँस्कृतिक विशेषता भएकोले दुईपरापूर्वकालदेखिको निकटता र लगाव रहेको छ | भविष्यमा भियतनाम र जापानको भाँडा बनाउने सीप आदानप्रदान कार्यक्रम गरेर अद्वितीय बहुसाँस्कृतिक कलाको सिर्जना गरि दुई देश्को सम्बन्ध अझ गहिरो बन्नेछ भन्ने आशा गर्छौं ] भनेर आफ्नो विचार व्यक्त गर्नु भयो |

तौहो गाउँका मेयर सानादा ज्यूको प्रोत्साहन निरीक्षण
तौहो गाउँका मेयर सानादा ज्यूको प्रोत्साहन निरीक्षण
बु चि माइ महावाणिज्यदूत निरीक्षण गर्नुहुँदै
बु चि माइ महावाणिज्यदूत निरीक्षण गर्नुहुँदै

प्रशिक्षार्थीहरू आफुले सिकेका सीपबाट फर्केर गएपछि सिर्जना गरेर आफ्नो क्षेत्रको विकासमा योगदान दिने उद्देश्यले सीप सिकिरहेका छन् |

!

By using this site, you agree to the use of cookies. For more details, please refer to our Privacy Policy.