challenger
新着情報

मार्च 2 तारिकमा फुकुओका स्थित भियतनामको महावाणिज्य दूतावासका बु चि माइ महावाणिज्यदूतले यानागीगावा पुतली महोत्सव सागेमोन मेगुरी भ्रमण गर्नुभयो

`मार्च महिना लागेपछि प्रान्त भरिनै पुतली महोत्सव [हिना माचुरी ] कार्यक्रमहरू आयोजना भईरहेका छन् |

यानागीगावा क्षेत्रमा परापूर्वकालदेखि नै छोरी जन्मेको पहिलो वर्ष पुतली महोत्सव पर्वमा पुतलीहरूसँगै रंगीचंगी सागेमोन पनि सजाएर मनाउने चलन रहेको छ |

सागेमोन भनेको भर्खरै जन्मेका छोरीहरूको खुशी र सुस्वास्थ्यको कामना गर्दै आमा तथा हजूरआमाहरूले कपडाबाट बनाइएको शुभको प्रतिक सेतो सारस, खरायो, चल्ला, बामे सर्दै गरेको पुतली आदिलाई रंगीचंगी धागोले उनेर झुण्ड्याएर सजाउने यानागी मारी हो |

 [ तोसिमा ] बगैँचाको सागेमोन
[ तोसिमा ] बगैँचाको सागेमोन

मार्च 2 तारिकमा फुकुओका स्थित भियतनामको महावाणिज्य दूतावासका बु चि माइ महावाणिज्यदूतले यानागीगावा पुतली महोत्सव सागेमोन मेगुरी भ्रमण गर्नुभयो | उहाँले सागेमोन प्रदर्शनी गरिएको प्राचीन बस्तीमा यानागीगावाका प्राचीन राजा ताचिबानाको दरबार [ओहाना] भ्रमण गर्नुभयो | पुतली महोत्सव पर्व जापानको अत्यन्त उत्कृष्ट संस्कृति भएकोले हानोईको आफ्नो घरमा पनि जापानको पुतलीहरू सजाईराख्नु भएको छ अनि यानागीगावाको सागेमोन भने पहिलो पटक हेर्नुभएकोले अत्यन्तै राम्रो अनि प्रत्येक पुतलीमा एकएक इच्छा लेखिएको देखेर आफू प्रभावित भएको कुरा भन्नुभयो | मौका मिलेमा विभिन्न स्थानहरूको पुतली महोत्सवहरूमा भ्रमण गर्न चाहनु भएको कुरा व्यक्त गर्नुभयो |

 { प्राचीन भवन किताजिमा } अवलोकन गरिरहनु भएको ( बाँयाबाट यानागीवाका मेयर खानेकोज्यू, वाणिज्यदूत माइ,  किताजिमा ज्यू )
{ प्राचीन भवन किताजिमा } अवलोकन गरिरहनु भएको ( बाँयाबाट यानागीवाका मेयर खानेकोज्यू, वाणिज्यदूत माइ, किताजिमा ज्यू )
 यानागीगावाका प्राचीन राजा  ताचिबानाको दरबार ओहानामा सागेमोन अवलोकन भ्रमण गर्नु भएको
यानागीगावाका प्राचीन राजा ताचिबानाको दरबार ओहानामा सागेमोन अवलोकन भ्रमण गर्नु भएको
[यानागीगावा  हिना माचुरी सागेमोन भ्रमण '] अप्रिल 3 तारिकसम्म आयोजना गरिनेछ |
[यानागीगावा हिना माचुरी सागेमोन भ्रमण '] अप्रिल 3 तारिकसम्म आयोजना गरिनेछ |

फुकुओका प्रान्तका विभिन्न स्थानहरूको इतिहास तथा संस्कृति बताउने पुतली महोत्सवको आयोजना भईरहेको हुनाले कृपया यसको आनन्द लिनुहोस् |विस्तृत जानकारीको लागि फुकुओका प्रान्त पर्यटन जानकारीको वेव साइत [ क्रश रोड फुकुओका ] हेर्नुहोस् |

जानकारीको लागि फुकुओका प्रान्त पर्यटन जानकारीको वेव साइत [ क्रश रोड फुकुओका ]