विदेशी मानव स्रोत स्वीकार गर्ने कम्पनीहरूको लागि सहयोग परियोजना
विदेशी मानव स्रोत स्वीकार गर्ने कम्पनीहरूको लागि परामर्श डेस्क स्थापना गरी, कम्पनीहरूलाई उनीहरूको चिन्ता र प्रश्नहरू समाधान गर्न मद्दत गर्छ।साथै , विदेशी कर्मचारीहरू स्वीकार गर्दा व्यवसाय मालिकहरूले पालना गर्नुपर्ने नियमित रूपका कानून र नियमहरू उपयुक्त रोजगार व्यवस्थापन बारे सेमिनारहरू राख्छ।
【व्यवसाय शुरुवातको पृष्ठभूमि】 अप्रिल २०१९ मा नयाँ भिसा, 「निर्दिष्ट दक्ष कामदार」 स्थापनासँगै , विदेशी कर्मचारीहरूले उनीहरूको निवासको स्थितिको दायराभित्र पूर्ण रूपमा आफ्नो क्षमताहरू प्रदर्शन गर्न सक्छन्, र प्रान्त भित्रका कम्पनीहरूलाइ मद्दत गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो।
【कम्पनीहरूबाट प्राप्त परामर्शहरू】
Q.कृपया तपाइँको कुनै पनि चिन्ता बारे बताउनुहोस्।
विदेशीलाई काममा लगाउने नयाँ व्यवस्था छ ? ・・・・・・・・・・・・・ पार्ट-टाइम काम गर्ने विदेशीहरूलाई कसरी पूर्णकालिक कर्मचारीको रूपमा काममा राख्न सम्भव छ? ・・・・・・・・・・・・・ यो भिसा भएको विदेशीले हाम्रो कम्पनीमा काम लगाउदा पनि हुन्छ ? ・・・・・・・・・・・・・ बिदेशीहरुलाई जिबन बिताउन सजिलो वातावरण बनाउन के गर्न सक्छौं?
check!!
【व्यापार उप-ठेकेदार】 फुकुओका प्रान्त प्रशासनिक लेखक संघ
【परामर्श काउन्टर】 ●परामर्श डायल ०१२०-८६-२९०५
●टेलिफोन रिसेप्शन समय १०:०० देखि १७:०० (शनिबार, आइतबार, बिदा, र नयाँ वर्षको बिदा बाहेक)
【कर्पोरेट तालिम सत्र】 ●प्रान्त भित्र ४ क्षेत्र (फुकुओका, किताक्युशु, कुरुमे, इइजुका) साथै अनलाइनबाट मा आयोजित
●मुख्य विषयवस्तुहरू 「अवैध रोजगारीलाई बढावा दिने अपराध सम्बन्धी सावधानी」,「 प्राविधिक तालिम・रोजगार योग्यताहरू जस्तै विशिष्ट सीपहरू」、「विदेशी भर्ती को कार्यान्वयन(सफल उदाहरणहरू・असफल उदाहरणहरू)」、「विदेशी विद्यार्थीहरूलाई काममा राख्दा गर्ने प्रक्रियाहरू आदि बारे」
प्रशिक्षण सत्र पछि व्यक्तिगत परामर्श सत्रहरू पनि आयोजना गर्दछौं। प्रशिक्षण सत्रका पाठ्यक्रममा भाग लिने र परामर्श डेस्कको प्रयोग नि:शुल्क छ , त्यसैले, कृपया प्रयोग गर्न नहिचकिचाउनुहोस्।
प्रान्त होमपेज「फुकुओका प्रान्त विदेशी मानव स्रोत स्वीकार गर्ने कम्पनीहरूका लागि परामर्श डेस्कमा जानका लागि」
By using this site, you agree to the use of cookies. For more details, please refer to our Privacy Policy.