फुकुओका प्रान्त संग भगिनी सम्बन्ध भएका एसियाली सहरहरू (भियतनामको हनोई, चीनको जियाङ्सु प्रान्त, थाइल्याण्डको बैंकक र भारतको दिल्ली क्षेत्र)लाई वातावरणीय सहयोग उपलब्ध गराउँछौ। स्थानीय वातावरणीय समस्याहरू समाधान गर्दै,वातावरणसँग मेलमिलापमा दिगो विकासमा योगदान गर्ने लक्ष्य राख्छौं।
PickUp!!
स्वीकृति प्रशिक्षण
साझेदार शहरहरूबाट फुकुओकामा वातावरणीय विभागका प्रशासनिक अधिकारीहरूलाई आमन्त्रित गर्दै,जापान र फुकुओकामा वातावरणीय प्रविधि र नीतिहरू बारे जान्नको लागि इन्टर्नशिप प्रशिक्षण गर्न ” फुकुओका अन्तर्राष्ट्रिय वातावरण व्यवस्थापन कार्यक्रम”कार्यक्रम राख्छौ।
हाल सम्ममा, 254 प्रशासनिक कर्मचारीहरू विदेशबाट स्वीकार गरेका छौं। (2025 डिसेम्बरको स्थिति अनुसार)
Fukuoka International Environmental Management Program
वातावरणीय सहयोग परियोजना
फुकुओकाको वातावरणीय प्रविधि र ज्ञान प्रयोग गर्ने वातावरणीय सहयोग परियोजनाहरू कार्यान्वयन गर्दैछौं।
भियतनाम・हनोइ
वातावरण मन्त्रालयको "कार्बन रहित समाज निर्माणको लागि सहरबीच सहकार्य परियोजना" सदुपयोग गरी, हनोइ नगरको वातावरण सुधार र कार्बन रहित समाज प्रवर्द्धन गर्नको लागि, प्रिफेक्चर भित्रका व्यावसायिक संस्थाहरुसँग सहकार्य गरी, यस प्रिफेक्चरको वातावरणीय प्रविधिको जानकारीहरु उपलब्ध गराउने तथा वर्कशपहरु आयोजना गर्ने गरिरहेको छ।
वर्कशपका झलकहरु
चीन ・जियाङ्सु प्रान्त
हामी वर्षमा केही पटक अनलाइन बैठकहरू आयोजना गर्दै सहकार्य सम्बन्धलाई निरन्तरता दिइरहेका छौं।
थाइल्यान्ड ・बैंकक
बैंकक महानगरमा, पर्यटकहरुको वृद्धि तथा महानगरको विकाससँग सँगै फोहरको परिमाण पनि वृद्धि भइरहेको छ त्यसलाई न्यूनिकरण गर्ने कार्य चुनौतीको रुपमा रहेको छ। त्यसको लागि, आर्थिक वर्ष 2024 देखि, रिसाइक्लिनिङ्गको प्रणाली विकासमा टेवा पुर्याउने प्रविधिहरु सिकाउने तथा महानगरले नगरबासीहरुलाई सचेतना दिने कार्यमा सहयोग गरिरहेको छ।
स्थलगत सर्वेक्षणका झलकहरु
भारत ・दिल्ली क्षेत्र
के कस्ता नयाँ सहयोग परियोजनाहरु संचालन गर्दा राम्रो हुन्छ भन्ने बारेमा दिल्लीको मनसाय बुझिरहेका छौं।
FUKUOKA GREENTECH च्यानलले फुकुओका प्रिफेक्चरमा आधारित कम्पनीहरूको स्वामित्वमा रहेको वातावरणीय प्रविधिहरू र "फुकुओका-शैलीको फोहोर डिस्पोजल साइट" को परिचय दिन्छ।
By using this site, you agree to the use of cookies. For more details, please refer to our Privacy Policy.