challenger
福岡県での生活情報

चिकित्सा वातावरण

फुकुओका अन्तर्राष्ट्रिय चिकित्सा सहायता केन्द्र

बिदेश मा बिरामी वा घाइते भएको खण्डमा भाषा बुझ्न सक्नुहुन्न र तपाई चिन्तित महसुस गर्नुहुन्छ। तर चिन्ता नलिनुहोस्,फुकुओका प्रान्तमा, विदेशीहरूले भाषाको बारेमा चिन्ता लिनु पर्दैन, तपाईं जापानी जनता जस्तै चिकित्सा संस्थान प्रयोग गर्नको लागि फुकुओका अन्तर्राष्ट्रिय चिकित्सा सहायता केन्द्र स्थापना गरेका छौं।

कस्ता सेवाहरू प्राप्त गर्न सक्छु?

"टेलिफोन बाट तपाई को भाषा बाट " सेवा

विदेशीहरू र चिकित्सा संस्थाहरूको अनुरोध लाइ ध्यान गर्दै , हामी चिकित्सा संस्थाहरू र विदेशी बिरामीहरू बीच बहुभाषी टेलिफोन व्याख्या प्रदान गर्दछौं।

"चिकित्सा को बारे जानकारी" सेवा

विदेशीहरूबाट टेलिफोन सोधपुछको जवाफमा, हामी चिकित्सा संस्थाहरू र जापानी चिकित्सा प्रणालीको बारेमा जानकारी प्रदान गर्नेछौं।

picup!!

कुन भाषाहरूमा सुझाब गरिन्छ?

तल सूचीबद्ध सबै २३ भाषाहरूमा सुझाब गर्दछौ । अंग्रेजी, चिनियाँ, कोरियाली, थाई, भियतनामी, इन्डोनेसियाली, मलाय, तागालोग, नेपाली, स्पेन, पोर्चुगल, जर्मनी, फ्रान्स, इटाली, रुस, खमेर, म्यानमार, सिंहला, मंगोलिया, हिन्दी, बंगाल, टर्किश, उर्दू

Nice!!

यो कहिले उपलब्ध छ?

३६५ दिन , २४ घण्टा नै प्रयोग गर्न सकिन्छ।

यसलाई कसरी प्रयोग गर्ने?

''फुकुओका अन्तराष्ट्रिय मेडिकल सपोर्ट सेन्टरद्वारा सञ्चालित 「चिकित्सा उपचारका लागि विदेशी भाषा कल केन्द्र」मा फोन गरि प्रयोग गर्न सकिन्छ।"

TEL. ०९२-२८६-९५९५

pickup!!

फुकुओका अन्तराष्ट्रिय मेडिकल सपोर्ट सेन्टर मा 、 चिकित्सा संस्थाहरूसँग सहकार्य गरि 、विदेशीहरूले ढुक्क साथ उपचार लिनका लागि पनि हामीले काम गरिरहेका छौँ ।

"चिकित्सा अनुवादक पठाउने" सेवा

चिकित्सा संस्थाहरूको अनुरोधलाइ ध्यान राख्दै चिकित्सा अनुवादक स्वयंसेवकहरू पठाउने।

चिकित्सा संस्थाहरूको लागि परामर्श रिसेप्शन

चिकित्सा संस्थाहरूबाट टेलिफोन परामर्शको प्रतिक्रियामा, हामी विदेशी बिरामीहरूलाई लिन को लागि सम्बन्धित विभिन्न समस्याहरू समाधान गर्न जानकारी र सल्लाह प्रदान गर्दछौं।

समर्थित भाषाहरू जस्ता नया सेवा विवरणहरूको लागि कृपया वेबसाइट जाँच गर्नुहोस्।

By using this site, you agree to the use of cookies. For more details, please refer to our Privacy Policy.