सबै जना सहभागी ! राष्ट्रिय जनगणनाको सर्वेक्षण प्रश्नावलीमा जवाफ दिनु हुन अनुरोध छ
सुरु हुँदैछ, राष्ट्रिय जनगणना!
जापानमा बसोबास गर्ने सबै जना र घरधूरीलाई लक्षित गरी प्रत्येक ५ वर्षमा एक पटक अति महत्वपूर्ण तथ्याङ्क सर्वेक्षण, "राष्ट्रिय जनगणना" संचालन गरिन्छ।
राष्ट्रिय जनगणना, तथ्याङ्क ऐन अनुसार, जवाफ दिने दायित्व (विवरण दिने दायित्व) भनि तोकिएको छ।
राष्ट्रिय जनगणना तथ्याङ्क संकलक, तपाईको घरआँगनमा आउने छ
राष्ट्रिय जनगणना तथ्याङ्क संकलक, सेप्टेम्बर महिनाको अन्त तिरबाट प्रत्येकको घरमा भ्रमण गरी, सर्वेक्षणसँग सम्बन्धित कागजात वितरण गरिने छ।
सर्वेक्षणको प्रश्नहरुमा, लिङ्ग, जन्मेको साल र महिना, रोजगारको अवस्था, काम गर्ने स्थान वा अध्ययन गर्ने स्थान, आवासको प्रकार आदि छन्।
सर्वेक्षणको लागि लक्षित व्यक्ति, अक्टोबर १ तारिखमा, जापानमा सामान्यतया बसोबास गर्ने सम्पूर्ण व्यक्ति र घरपरिवार (विदेशी नागरिक सहित) हुन।
जवाफ, इन्टरनेटअनलाइनबाट गर्ने वा, कागजको सर्वेक्षण प्रश्नावली भरेर, हुलाकबाट पठाउने वा तथ्याङ्क संकलकलाई हस्तान्तरण गर्ने तरिकाबाट गर्न सकिन्छ।
जवाफ, स्मार्ट फोन तथा कम्प्युटरबाट सजिलो अनि सहज इन्टरनेट अनलाइनबाट जवाफ दिनु हुन अनुरोध छ।
विशेष गरी, स्मार्टफोनबाट जवाफ दिने बेलमा, क्यूआर कोड स्क्यान गरि सजिलै लगइन गर्न सकिने, ID र पासवर्ड (एक्सेस कोड) प्रविष्ट गर्नु आवश्यक छैन।
आन्तरिक मामिला तथा संचार मन्त्रालय, तथ्याङ्क विभाग "राष्ट्रिय जनगणना २०२५ अभियान साइट"