challenger
福岡県での生活情報

शैक्षिक वातावरण

फुकुओकाका सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि खुल्ला ठाउँ

फुकुओका प्रान्त अन्तर्राष्ट्रिय विद्यार्थी सहयोग केन्द्र विश्वविद्यालयहरू, स्थानीय सरकारहरू, व्यापारिक समुदाय र निजी समुदायद्वारा सञ्चालित छ। हामी अन्तर्राष्ट्रिय विद्यार्थीहरूको दैनिक जीवनलाई पूर्ण रुपमा साथ सहयोग गर्छौं।

pickup!!

विश्वविद्यालय

क्युशु विश्वविद्यालय, क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी, फुकुओका वुमेन्स विश्वविद्यालय, किताक्युशु सिटी विश्वविद्यालय, सेइनान गाकुइन विश्वविद्यालय, फुकुओका विश्वविद्यालय, क्युशु सांग्यो विश्वविद्यालय, फुकुओका इन्स्टिच्युट अफ टेक्नोलोजी, कुरुमे विश्वविद्यालय, किंकी विश्वविद्यालय इन्डस्ट्रियल साइन्स एण्ड इन्जिनियरिङ् (फुकुओका क्याम्पस), फुकुओका जोगाकुइन विश्वविद्यालय

स्थानीय सरकार

फुकुओका प्रान्त , किताक्युशु शहर, फुकुओका शहर, कुरुमे शहर, इजुका शहर

व्यापार जगत

फुकुओका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, कुरुमे चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, किताक्युशु चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, इजुका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री

निजी अन्तर्राष्ट्रीय संगठन

फुकुओका प्रिफेक्चर इन्टरनेशनल एक्सचेन्ज एसोसिएसन , किताक्युशु इन्टरनेशनल एक्सचेन्ज एसोसिएसन, फुकुओका योकाटोपिया इन्टरनेशनल एक्सचेन्ज एसोसिएसन, कुरुमे टुरिजम कन्भेन्सन इन्टरनेशनल एक्सचेन्ज एसोसिएसन

फुकुओका प्रान्त अन्तर्राष्ट्रिय विद्यार्थी सहयोग केन्द्र व्यवस्थापन परिषद्को व्यवस्थापन संरचना

अध्यक्ष

फुकुओका प्रान्तका गभर्नर

उपाध्यक्ष

क्युशु विश्वविद्यालयका अध्यक्ष
फुकुओका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका प्रमुख
(जनहित समावेशी फाउन्डेसन) फुकुओका प्रिफेक्चर इन्टरनेशनल एक्सचेन्ज सेन्टरका निर्देशक

फुकुओका प्रिफेक्चर इन्टरनेशनल स्टुडेन्ट सपोर्ट सेन्टर व्यवस्थापन परिषद् सचिवालय

ढुक्क साथ बिदेशी अध्ययन जिबन बिताउन को लागि पूर्ण सहयोग प्रणाली

फुकुओका प्रान्तले, फुकुओकामा बस्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई ढुक्कका साथ जीवन बिताउन मद्दत गर्न सहयोग प्रणाली स्थापना गरेको छ।

pickup!!

जनसम्पर्क/विदेश अध्ययन निमन्त्रणा

・विदेशमा अध्ययन सूचना सत्रहरू राख्दै [२०१२ मा आयोजक शहर]
बुसान, नानजिङ, हङकङ, हनोई, पेनोम पेन्ह, दिल्ली
・वेबसाइट मार्फत धेरै भाषाहरूमा जानकारी र भिडियोहरूको प्रसारण
・बहुभाषी पर्चाहरूको बनाइयो र वितरण गरीयो[११ भाषाहरू २०१२ सालमा]अरबी, चिनियाँ (सरलीकृत/परम्परागत), अंग्रेजी (युके संस्करण, यूएस संस्करण)हिन्दी, इन्डोनेसियाली, कोरियन, थाई, भियतनामी, ख्मेर भाषा

जीवनशैली सल्लाह

“विदेशमा एक्लै अध्ययन गर्दा भोग्नु पर्ने चिन्ता एक्लैले नलिएर सल्लाह लिनुहोस्।धेरै भाषाहरू (अंग्रेजी, चिनियाँ र कोरियाली) उपलब्ध छ, विभिन्न संस्थाहरूसँग सहकार्य गर्दै समस्याहरू समाधान गर्नका लागि विधिहरू, विभिन्न संस्थाहरूको परिचय र समयको पनि जानकारी दिइनेछ।

पार्ट टाइम जागिरको परिचय

फुकुओका प्रान्तमा अवस्थित विश्वविद्यालयहरू, जुनियर कलेजहरू, र प्राविधिक कलेजहरूमा भर्ना भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूकालागि, दोभासे,अनुबाद इत्यादि खालका, अन्तर्राष्ट्रिय विद्यार्थीको क्षमता बढाउने खालका पार्ट टाइम जागिर को जानकारी दिन्छ।

आदान-प्रदानको प्रवर्द्धन

फुकुओका प्रान्तअन्तर्राष्ट्रिय विद्यार्थी संघसँगको सहकार्यमा, हामीले "अन्तर्राष्ट्रिय विद्यार्थी संस्कृति शो" र "स्वच्छ फुकुओका अभियान" जस्ता कार्यक्रमहरू आयोजना गर्छौं।

*फुकुओका विफेक्चर इन्टरिेशिल स्टुडेन््स एसोभसएसि (FOSA) िान्तभित्रका अन्तरावष्ट्रिय विद्याथीहरूद्िारा सञ्चाभलत संस्था हो जसले अन्तरावष्ट्रिय विद्याथी र स्थािीय बाभसन्र्ाहरू बीचको आर्ाििर्ािलाई बढाउि ियास गछव |

जापानी संस्कृनत स्कूल

हामी अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई जापानी परम्परागत संस्कृति, कर्पोरेट संस्कृति, र युवा संस्कृति लगायतका युवा जापानी मानिसहरू र स्थानीय बासिन्दाहरू सँगै विभिन्न विषयहरूको विस्तृत श्रृंखला सिक्ने अवसरहरू प्रदान गर्दछौं।

रोजगारी सहयोग

हामी रोजगार खोजको लागि व्यापक सहयोग प्रदान गर्दछौं।

[सहयोग को बारे]

जागिर खोज्नु

व्यक्तिगत रोजगारीको परिचय

अन्य संस्थाहरूसँगको सहकार्यमा संयुक्त कम्पनी सूचना सत्रहरू आयोजना गर्ने

जागिर खोज्नका लागि उपयोगी सेमिनारहरू आयोजना गर्ने

कार्य प्रस्ताव

कार्य प्रस्ताव पछि कार्य भिसा परिवर्तन गर्ने सम्बन्धमा परामर्श रिसेप्शन

स्नातक पनछ

स्नातक पछि पनि बिसेष गतिविधि भिसामा रोजगारी खोज्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग जारी गर्ने।

पालना

स्नातक पछि, जापानबाट फर्केका अन्तर्राष्ट्रिय विद्यार्थीहरू तथा फुकुओकामा काम गर्ने वा भूतपूर्व अन्तर्राष्ट्रिय विद्यार्थीहरूसँग सञ्जाल सिर्जना गरी ,वर्तमान अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सहयोग मात्र नभई अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई फुकुओकामा स्वीकार गर्ने र बैदेशिक व्यापार विकासको लागि ब्रिजिङको रूपमा काम गर्नेछौं।
*साङ्घाई, पेनोम पेन्ह र सान पाउलोमा त्यहाँफर्केका भूतपुर्बविद्यार्थीसंघको स्थापना गरी, फुकुओकामा पनि पूर्व विदेशी विद्यार्थी सङ्घको स्थापना भएको थियो (मे २०१३ मा स्थापित)

GoodLuck!!