भगिनी शहर बैंकक महानगरको फोहर व्यवस्थापनको समस्यालाई समाधान गर्न सहयोग!~प्रिफेक्चरमा भएका कम्पनी र संघ-संस्थाहरुको सहकार्यमा, सचेतनामूलक भिडियो तयार पारिएको छ~
प्रिफेक्चरको भगिनी शहर थाइल्याण्डको बैंकक महानगरमा, शहरको विकाससँगै फोहरको परिमाणमा पनि वृद्धि भइरहेको, फोहरलाई न्यूनीकरण गर्ने कुरा चुनौतीको रुपमा देखा परिरहेको छ। उक्त समस्यालाई समाधान गर्न सहयोगको रुपमा, प्रिफेक्चरले, बैंकक महानगरसँग मिलेर वातावरण सहयोग प्रोजेक्ट सञ्चालन गरिरहेको छ।
यस प्रोजेक्टको एक भागको रुपमा, प्रिफेक्चरमा रहेका कम्पनी र संघ-संस्थाहरुले सञ्चालन गरेका, 3R (रिड्युस, रियूज, रिसाइकल) सँग सम्बन्धित पहलहरुको उदाहरण समावेश गरी, "बैंकक महानगरबासीलाई लक्षित गरी, सचेतानामूलक भिडियो" निर्माण गरी, बैकक महानगरलाई प्रदान गरिएको थियो।
भिडियोमा, बैंकक महानगरको क्यारेक्टर र फुकुओकामा जन्मी हाल बैंककमा बसिरहेका YouTuber नाभिगेटर भएर, फोहरको समस्यालाई "आफ्नो समस्या" ठानी व्यवहारमा उतार्न महानगरबासीलाई आव्हान गरिएको छ।
यस भिडियोलाई स्थानीय क्षेत्रमा सचेतनामूलक प्रयोजनको लागि प्रयोग गरिएमा, फोहरको वर्गीकरण र रिसाइकल कार्य प्रति महानगरबासीको चेतना अभिवृद्धि हुनुका साथै दुबै शहर बीचको मैत्री सम्बन्ध अझ मजबुत हुने अपेक्षा गरिएको छ।
<भिडियोको सूची (कूल ७ वटा)>
※यो साइटमा उपलब्ध सबै भिडियोहरुमा अंग्रेजी भाषाको सबटाइटल छ। (स्वर थाई भाषामा)
※सबटाइटल नभएका संस्करण, थाइ भाषाको सबटाइटल संस्करण, जापानीज भाषाको सबटाइल संस्करणको लागि, पेजको सबै भन्दा मुनीको "FUKUOKA GREENTECH Channel" को लिङ्क क्लिक गरी, हेर्न सक्नु हुन्छ।
【भिडियो A】प्राथमिक विद्यालय वा सो भन्दा मुनीको व्यक्तिलाई लक्षित ① (६ मिनेट)
"बैंककलाई बचाऔं, हामीहरुले गर्न सक्ने कुराहरु ~बैंककको फोहर समस्याको बारेमा सिकौं~" (अंग्रेजी सबटाइटलको संस्करण)
【भिडियो B】प्राथमिक विद्यालय वा सो भन्दा मुनीको व्यक्तिलाई लक्षित ② (६ मिनेट)
"बैंककलाई बचाऔं, हामीहरुले गर्न सक्ने कुराहरु ~फुकुओकाको प्रयास र पहलहरुको बारे जानौं~" (अंग्रेजी सबटाइटलको संस्करण)
【भिडियो C】जुनियर हाइस्कूल देखि वयस्कहरुलाई लक्षित (१३ मिनेट)
"बैंककलाई बचाऔं, हामीहरुले गर्न सक्ने कुराहरु" (अंग्रेजी सबटाइटलको संस्करण)
【सर्ट भिडियो A】(५० सेकेण्ड)
"हरेक व्यक्तिले सहकार्य गरी फोहरलाई कम गरौं" (अंग्रेजी सबटाइटलको संस्करण)
【सर्ट भिडियो B】(३० सेकेण्ड)
"फोहर वर्गीकरण गरेर मात्र फाल्ने गरौं" (अंग्रेजी सबटाइटलको संस्करण)
【सर्ट भिडियो C】(५० सेकेण्ड)
"BKK Magic Hand लाई सदुपयोग गरौं" (अंग्रेजी सबटाइटलको संस्करण)
【सर्ट भिडियो D】(४० सेकेण्ड)
"के गर्न सकिन्छ होला भनि सोचेर कदम चालौं" (अंग्रेजी सबटाइटलको संस्करण)
अन्य भिडियोको लागि यहाँबाट ▼
https://www.youtube.com/channel/UCcqm6aVrLIdO-I-ORD7qRjA
