challenger
新着情報

प्रिफेक्चरल कार्यालयमा फुकुओकाको आकर्षणको अनुभव। अहिले भने यामाकासा पनि प्रदर्शनमा (डिस्प्लेमा)

फुकुओका प्रिफेक्चरल अफिसमा फुकुओकाको परम्परागत हस्तकला、बिशेष सामानहरु तथा स्थानीय सामाग्री प्रयोग गरी बनाइएका खाना आदि、 फुकुओका प्रान्तको आकर्षण अनुभव गर्ने सुविधा छ।

〇प्रिफेक्चरल अफिस लबी

〇योकामोन प्लाजा

〇केन्चो FoodMarche

प्रिफेक्चरल अफिस लबी (पहिलो तल्ला)

प्रिफेक्चरल कार्यालयको लबीमा प्रदर्शनी तथा प्रान्त का उत्पादन को बिक्री、कन्सर्ट आदिको विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ। हाल、हाकाता गियोन यामाकासा चियोनागारे काकियामाकासा प्रदर्शनमा छ।

हाकाता गियोन यामाकासा、७८० वर्ष भन्दा बढीको इतिहास भएर、हाकाताको संरक्षक・कुशिदा तीर्थलाई यामाकासा समर्पित गरी、सुस्वास्थ्यको कामना गर्ने पर्व हो ।राष्ट्रिय महत्वपूर्ण अमूर्त सांस्कृतिक सम्पदा भइ、युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदाको रूपमा पनि दर्ता भयो、फुकुओकाले संसारमा गर्व गर्न लायक पर्व हो ।

प्रिफेक्चरल कार्यालयमा प्रदर्शनमा राखिएको काकी यामाकासा、यामाकासाको लामो इतिहासमा पहिलो पटक महिला पुतली निर्माताद्वारा बनाइएको कठपुतली हो।

काकी यामाकासा मार्च २९, २०२४ सम्म प्रिफेक्चरल कार्यालयको पहिलो तल्लाको लबीमा प्रदर्शनमा रहनेछ।

कृपया、फुकुओका प्रान्तमा आएको समय प्रिफेक्चरल कार्यालयमा आउनुहोस् अहिले पनि चल्ने खालको अबस्थाको जीवन्त यामाकासा को अनुभव लिनुहोस्!



हाकाता गियोन यामाकासा लिङ्क
https://www.hakatayamakasa.com/

check!

योकामोन प्लाजा (११ औं तल्ला)

फुकुओका प्रिफेक्चरल कार्यालयको शीर्ष ११ औं तल्लामा भएको उत्पादन पर्यटन प्रदर्शनी कक्ष「फुकुओका योकामोन प्लाजा」मा、प्रान्त भित्रको परम्परागत हस्तकला तथा विशेष वस्तुहरू आदि प्रान्तको विभिन्न उत्पादनहरू、पर्यटनको बारेमा जानकारी सङ्कलन र प्रसार गर्दछ।

दक्षिण भवनमा、 प्रान्तको ५ प्रमुख चाडपर्वहरूको ढाँचाहरू हाकाता ओरिले पुन: निर्माण हाकाता ओरि टेपेस्ट्री प्रदर्शनी कर्नर का साथै、परम्परागत हस्तकलाहरू सबै एकै ठाउँमा प्रदर्शनी कर्नर、फुकुओका प्रान्तको आकर्षणहरू परिचय गर्ने विशेष प्रदर्शनी कर्नर पनि छ।

उत्तर भवनमा、स्थानीय सामाग्री प्रयोग गरेको खाना तथा माथिल्लो तलाबाट एक शानदार दृश्यको आनन्द लिने「योकामोन क्याफे」यसबाहेक、भित्री शहर「ओकावा」को युवा शिल्पकारहरु द्वारा बनाईएको फर्नीचरको साथ बैठक ठाउँ、हाकाता बे हेर्दै आराम लिने ठाउँ पनि छ।

 

साथै、पसलमा हाकाता ओरी सामानहरू तथा फुकुओका प्रान्तको माटोको भाँडा आदि को परम्परागत हस्तकलाहरु पनि किन्न सक्नुहुन्छ।

कृपया、फुकुओका प्रान्तमा आएको समयमा 、「फुकुओका योकामोन प्लाजा」मा आएर फुकुओका प्रान्तको आकर्षण हेरेर、छोएर 、स्वाद लिएर 「फुकुओका प्रान्त को आकर्षण」पूर्ण रूपमा आनन्द लिनुहोस् !


check!

केन्चो FoodMarche (पहिलो बेसमेन्ट फ्लोर)

स्थानीय काठलाइ प्रयोग गरी उज्यालो र खुला स्थानमा फुकुओका महिला विश्वविद्यालय・स्वास्थ्य विज्ञान विभागका विद्यार्थीहरूसँग मिलेर स्वस्थ मेन्यु तथा、 मौसमी सामग्रीहरू प्रयोग गरी स्थानीय रूपमा उत्पादन र उपभोग मेन्यु आदिको रमाइलो लिन सकिन्छ।जो कोहीले यसलाई प्रयोग गर्न सक्ने हुनाले कृपया आउनुहोस् र फुकुओकाको खानाको पूर्ण रूपमा आनन्द लिनुहोस्।

[उपलब्ध मेन्यु]

・दैनिक परिवर्तन ४ प्रकारको खाना सेट (२ प्रकारका स्वस्थ मेन्युहरू, १ प्रकारको स्थानीय उत्पादन उपभोग मेन्यु अन्य १ प्रकार )प्रदान

・「फुकुओका हेल्दी मेन्यु」तथा「फुकुओका फूडको साथ हेल्दी मेनु」को व्यवस्था गरिएका उत्पादनहरूका अतिरिक्त、फुकुओका महिला विश्वविद्यालयको विद्यार्थीहरूले विकास गरेका मेन्युहरू आदि、नियमित रूपमा रेसिपीहरूअपडेट

・महिनामा एक पटक、जिबिए खाना、फुकुओका प्रान्त सँग सम्बन्ध भएका देशहरूका खाना आदि、नियमित रूपमा विस्तृत विशेष मेन्यु प्रदान गर्छौं

फुकुओका प्रीफेक्चरल कार्यालय पहुँच

〔खुल्ने समय 〕८:३० देखि १७:१५
(९:०० देखि १७:४५)
यद्यपि, शनिबार, आइतबार र बिदाहरू, र डिसेम्बर 29 देखि जनवरी 3 मा बाहेक।
〔पहुँच〕