challenger
外国人相談窓口

(सार्वजनिक फाउन्डेसन) फुकुओका प्रान्त इन्टरनेशनल क्सचेन्ज सेन्टर

सार्वजनिक हित समावेशी फाउन्डेसन फुकुओका प्रिफेक्चर इन्टरनेशनल एक्सचेन्ज सेन्टरको बारेमा

सार्वजनिक हित समावेशी फाउन्डेसन फुकुओका प्रिफेक्चर इन्टरनेशनल एक्सचेन्ज सेन्टर、फुकुओका प्रान्तको भौगोलिक विशेषताहरू、ऐतिहासिक विशेषताहरूको सदुपयोग गर्दै、प्रान्तको एक्सचेन्ज समूह आदि र सहयोग गरि प्रदेश सरकारको इन्टरनेशनल एक्सचेन्ज प्रवर्द्धन गर्न、इन्टरनेशनल एक्सचेन्जमा फुकुओका प्रान्तको भूमिका बढाउने अतिरिक्त、एसियाली देशहरु・क्षेत्रहरू र विश्वभरका अन्य देशहरू・स्थानीय समुदाय संग गहिरो अन्तरक्रिया、आपसी समृद्धि र विश्व शान्तिको लागि योगदान गर्ने उद्देश्यले、१९८९मा स्थापित भएको थियो।

pickup

पहलहरुको विवरण

प्रान्तका बासिन्दाहरु र विदेशी बासिन्दाहरू बीचको अन्तरक्रियाको लागि、व्याख्यान、सेमिनारहरू जस्ता विभिन्न कार्यक्रमहरू आयोजना गर्नुका साथै、विदेशी बासिन्दाहरूको लागि समस्याहरू जापानी भाषा सहित २४ भाषाहरूमा समाधान「FUKUOKA IS OPEN CENTER」को व्यवस्थापन र स्वयंसेवक खोज्ने、प्रकोप सम्बन्धित जानकारी आदि जीवन सम्बन्धित जानकारी पनी प्रदान गर्दछौं।

विदेशी आदानप्रदानको सन्दर्भमा、फुकुओका प्रान्त संग मित्रता वा अन्य गठबन्धन भएको हवाई प्रान्त (संयुक्त राज्य अमेरिका)、जियाङ्सु प्रान्त (चीन)、बैंकक (थाइल्याण्ड) आदि सँगको आदानप्रदानहरूलाई बढावा दिइरहेका छौं।

थप रूपमा, प्रान्त भित्रका विद्यालय र सामुदायिक केन्द्रहरूमा विदेशी बासिन्दाहरूलाई प्रशिक्षकका रूपमा पठाएर अन्तर्राष्ट्रिय समझदारी शिक्षा कार्यान्वयन गर्नुका साथै、निजि इन्टरनेशनल एक्सचेन्ज समूहले सञ्चालन गर्ने कुसानोने एक्सचेन्जलाई सहयोग गर्ने तथा、स्थानीय जापानी भाषा कक्षाहरूको लागि सहयोग पनी गर्दै आएको छ।

थप रूपमा, फुकुओका प्रिफेक्चर अन्तर्राष्ट्रिय विद्यार्थी सहायता केन्द्रमा, हामी विद्यार्थीहरूलाई प्रिफेक्चर भित्रका कम्पनीहरूमा रोजगारी सुनिश्चित गर्न सहायता गर्ने पहलहरू सञ्चालन गरिरहेका छौं।

【सम्पर्क जानकारी】
〒८१०-०००१
फुकुओका प्रान्त फुकुओका शहर च्युओ वार्ड तेन्जिन १-१-१ अकरोस फुकुओका ८तला/३ तला
८ तला फोन:०९२-७२५-९२०४ FआX:०९२-७२५-९२०५ ८:30~१७:४५ (शनिबार, आइतबार र बिदा बाहेक)
३ तला फोन :०९२-७२५-९२०० फ्याक्स :०९२-७२५-९२०६
कार्यालय खुल्ने समय: हरेक हप्ता सोमवार देखि शुक्रवार / बिहान १०:०० बजे देखि अपरान्ह ५:०० बजे सम्म
(यद्यपि, महिनाको तेस्रो आइतबार र चौथो शनिबार कार्यालय खुल्ला रहने छ)

FUKUOKA IS OPEN CENTER


विदेशीहरूको जिबन यापन सहयोगमा 「FUKUOKA IS OPEN CENTER」ले रोजगारी, श्रम,चिकित्सा,आवास, शिक्षा, आदि को जीबनयापनमा पर्ने समस्या तथा आप्रवासन प्रक्रिया 、कानुनी सल्लाह आदिको विभिन्न परामर्शहरु २४ भाषामा उपलब्द छ।

pickup
फुकुओका मा जीबनयापन गर्दा दुख पाएका कुरा छैनन? FUKUOKA IS OPEN CENTER मा धेरै भाषाहरूमा तपाईंको दुख चिन्ता समाधान हुन्छ।

FiSSC
जापानमा बसाईको अवधि बढाउन चाहन्छु। के गर्नुपर्छ?
आफ्नै देशको भाषा उपलब्द(मद्दत) हुने अस्पताल छन्?
घरधनीसँग समस्या परेको छ। कहाँ सल्लाह लिंदा राम्रो हुन्छ?
निवासी अभिलेख आवश्यक छ। कहाँ पाउन सक्छु?
FiSSC

उपलब्द भाषा

उपलब्द भाषा जापानी, अङ्ग्रेजी, चिनियाँ, कोरियाली, भियतनामी, नेपाली, इन्डोनेसियाली, तागालोग, थाई, मलय, स्पेनिस, फ्रेन्च, जर्मनी, इटालियन, रुसी, पोर्चुगिज, बर्मी, खमेर , मंगोलियन, सिंहला, हिन्दी, बंगाली, हिन्दी, बंगाली

फुकुओका शहर चुयो िाडव तेष्ट्न्जि १-१-१अकुरोस फुकुओका ते्ो र आठौं तला
(सािवजनिक हहत समािेशी फाउन्डेसि)
फुकुओका विफेक्चर अन्तरावष्ट्रिय एक्सचेन्ज सेन्टर ०१२०-२७९-९०६

goodluck