challenger
在住外国人の活動動画

FORTUNE HILLS FUKUOKA

विश्वविद्यालयको सह-प्राध्यापक Anne Crescini From अमेरिका

राम्रोसँग नकाटिएको, जोडिएकै अवस्थाको आचुआगे (तारेको बाक्लो तोफु)।

जापानीज घनिष्ठ साथीसँगै बनाएको, त्यो आचुआगे हालेको मिसो सुप रमाउँदै मीठोसँग खाने Anne Crescini सान।

Anne सान, विदेशीहरु र जापानीजहरु बीच कुनै विभेद नगरी बस्न सक्ने समाज निर्माण गर्नको लागि विभिन्न किसिमका गतिविधिहरु गर्दै आइरहेको।

कहिले नगरपालिकाको सहयोगी दूत, त कहिले रेडियो कार्यक्रम संचालिका,

कहिले सह-प्राध्यापक, त कहिले लेखक, कहिले त・・・・・।

संगीत मार्फत जापानीज भाषा सिकेको भन्ने, आफ्नो अनुभवबाट खाराओके प्रतियोगिता आदिको योजना तर्जुमा।

स्वीकार्ने पक्ष र स्वीकारिने पक्ष, त्यो दुबै पक्षको भावना बुझ्ने Anne सान भएर नै होला, ती गतिविधिलाई समर्थन गर्ने आवाज बुलन्द भइरहेको छ।

विश्राम लिने फुर्सद पनि नभएको अति व्यस्त Anne सान।

आज कहाँ दौडिरहेको होला? उक्त दैनिक जीवन नियालेर हेरेको।