जापानमा घर खोज्ने तरिका
फुकुओकामा बस्ने ठाउँ खोजेर、ढुक्कका साथ बस्नको लागि、निम्न बुँदाहरू बुझेर、उपयुक्त प्रक्रियाहरू पालना गरेर、प्रशासनको परामर्श सेवाहरूको सहयोग लिनुहोस ।
1. बासस्थानहरू खोज्ने तरिका
●घर जग्गा सम्बन्धी जानकारीका वेबसाइटहरू、एपहरुको प्रयोग गरी घर जग्गा जानकारी खोज्नुहोस।
●विदेशी भाषाहरूमा सेवाहरू प्रदान गर्ने केही घर जग्गा कम्पनीहरू पनी छन् ।2.भाडा आवास को प्रकार
●「निजी आवास」:घरबेटी (घर भाडामा लिने व्यक्ति)बाट भाडामा लिने घर
●「सार्वजनिक आवास」: प्रान्त तथा शहर आदिद्वारा भाडामा दिने घरहरु ।
●「यूआर भाडाको घर」: 「यूआर शहरी संस्था」द्वारा भाडामा दिने घरहरु । ग्यारेन्टर आवश्यक हुदैन3.भाडा सम्झौताको आधारभूत कुराहरू
●भाडा सम्झौताहरूमा सामान्यतया、सुरक्षा जम्मा रकम(जमानत पैसा)तथा सलामीको रकम、भाडा आदि समाबेश हुन्छ। सम्झौतालाई ध्यानपूर्वक बुझेर、सर्तहरू जाँच गर्नुहोस्।
4.सुरक्षा जम्मा रकम र सलामीको रकम
●सुरक्षा जम्मा रकम सम्झौताको अन्त्यमा फिर्ता गरिनेछ तर、यदि भाडा तिर्न बाँकी भएको अथवा कोठा फोहोर भएको फोहोरले गर्दा बिग्रेको भाग भएको खण्डमा कटौती हुन सक्छ।सलामीको रकम फिर्ता गरिने छैन।
5.ग्यारेन्टर
●सामान्यतया सम्झौता गर्दा ग्यारेन्टर आवश्यक हुन्छ। ग्यारेन्टरले कोठा वालाले पैसा तिर्ने नसक्दा ग्यारेन्टरले जिम्मा लिनु पर्ने हुन्छ। साथै भाडा ऋण ग्यारेन्टी कम्पनीको प्रयोग गर्न सकिन्छ।
6.इन्टरनेट र ग्यास बत्ती पानिको सुविधाहरू
●धेरै घरहरूमा इन्टरनेट पहुँच छ। उपयोग खर्चहरू (बिजुली, ग्यास, पानी, आदि) सामान्यतया भाडाबाट छुट्टै तिर्नु पर्ने हुन्छ।
7.फर्निचर・घरेलु उपकरणहरू हुने नहुने
●घर सरे पछि निवासी दर्ता गर्न आवश्यक हुनेछ। यो शहर/वडा/नगर/गाउँको कार्यालयमा गर्न सकिन्छ।
8.जीवनशैली बानी र नियमहरू
●जापानमा बस्ने क्रममा、छिमेकीलाइ बिचार गरेर फोहोर फाल्ने नियम आदि、बिशेस खालका जीवनशैली र आचरणहरू हुन्छन। कृपया यी कुराहरूलाई पनि ध्यानमा राख्नुहोस्।
9.लिङ्क
●तलको लिङ्कमा घर खोज्दा धेरै सुनिने कुराहरु तथा「कोठा खोज्ने गाइडबुक」आदि विदेशीले कोठा खोज्ने क्रम माआवश्यक जानकारी धेरै भाषाहरूमा छन।
अध्यागमन सेवा एजेन्सी HP「लिभिङ एण्ड वर्किङ गाइडबुक」
- ●अंग्रेजी भाषा :https://www.moj.go.jp/isa/content/001392830.pdf
- ●चिनियाँ भाषा : https://www.moj.go.jp/isa/content/001392831.pdf
- ●कोरियाली भाषा :https://www.moj.go.jp/isa/content/001393145.pdf
- ●भियतनामी भाषा :https://www.moj.go.jp/isa/content/001393146.pdf
- ●थाई भाषा : https://www.moj.go.jp/isa/content/001392840.pdf
- ●नेपाली भाषा : https://www.moj.go.jp/isa/content/001392839.pdf
- ●सजिलो जापानी भाषा : https://www.moj.go.jp/isa/content/930004715.pdf