challenger
福岡県での生活情報

कार्य वातावरण

फुकुओका विदेशी रोजगार सेवा केन्द्र
Fukuoka Employment
Service Center for Foreigners

फुकुओका वैदेशिक रोजगार सेवा केन्द्र、विदेशी विद्यार्थी अथवा काम खोजेको बिदेशी सबैलाई、विदेशीहरूलाई काममा राख्ने विचार गर्ने कम्पनीहरूलाई सहयोग गर्ने देश (स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय)को संस्था (हेलो वर्क) हो। यो प्रयोग गर्न निःशुल्क छ।
विदेशीहरूको परामर्शहरू、काम खोजीहरूमा मात्र नभई、दैनिक जीवनका विभिन्न समस्याहरूसँग पनि सम्बन्धित हुन सक्छन्। यस्तो अवस्थामा「फुकुओका प्रान्तको बिदेशी परामर्श डेस्क」मार्गदर्शन गर्ने इत्यादि、परामर्श को कुरा समाधान गर्न सम्बन्धित निकाय संग मिलेर काम गर्छौ।

हेलो वर्क र वैदेशिक रोजगार सेवा केन्द्रको बारेमा

●हेलो वर्क、देश(स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय)को सुविधाको रूपमा、नि:शुल्क、 जापानीहरु・विदेशीहरूलाई राष्ट्रियताको पर्वाह नगरी、सबैजनाको कामको खोजिको सहयोग(व्यावसायिक परामर्श・जागिर नियुक्ति)गर्ने संस्था हो、जापान भरी ५०० बढी स्थानमा छ ।

●वैदेशिक रोजगार सेवा केन्द्र 「हेलो वर्क」 को विशेष संस्था मध्ये एक हो、जापानमा बस्ने विदेशीहरू र अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि रोजगार परामर्श र जागिर प्लेसमेन्ट प्रदान गर्नुका साथै、दोभासे तथा निवाशी सम्बन्धित परामर्श गर्न सकिने बिशेष बिदेशी काम मा राख्ने व्यवस्थापन सल्लाहकार रहने बिषेस हेलो वर्क हो।

●वैदेशिक रोजगार सेवा केन्द्रहरू、टोक्यो、नागॊया、ओसाका र फुकुओका चार स्थानहरूमा छ、फुकुओका प्रान्तमा、फुकुओका शहर तेन्जिन को「फुकुओका वैदेशिक रोजगार सेवा केन्द्र」 छ।

pickup!!

परामर्श गर्न सक्ने व्यक्तिहरू र समर्थनको सामग्री

[रोजगार खोज्नेहरूको लागि समर्थन]
・स्नातक पछि जापानमा काम गर्न चाहने विदेशी विद्यार्थीहरू・अन्तर्राष्ट्रिय विद्यार्थीहरू बाहेक अन्य विदेशीहरूको लागि रोजगारी र क्यारियर परिवर्तनको सहयोग ・पार्टटाइम काम गर्न चाहने विदेशी विद्यार्थीहरू・युक्रेनका विस्थापितहरू लाई रोजगारी सहयोग

[कम्पनीहरूको लागि सहयोग]
・अध्यागमन कानून र श्रम कानूनको अनुपालनमा उचित रोजगारीको लागि मार्गदर्शन र सेमिनारहरू आयोजना गर्ने।・वैदेशिक रोजगार प्रबन्ध सल्लाहकार द्वारा निवास स्थिति बारे परामर्श・कम्पनीहरु बाट रोजगार प्रस्ताव को स्वागत

सुविधा सम्बन्धी जानकारी

[रोजगार खोज्नेहरूको लागि समर्थन]
●सुविधाको नाम: स्वास्थ्य, श्रम र कल्याण मन्त्रालय फुकुओका श्रम ब्यूरो फुकुओका केन्द्रीय सार्वजनिक रोजगार सुरक्षा कार्यालय (हेलो वर्क फुकुओका चुओ) विदेशीहरूका लागि फुकुओका रोजगार सेवा केन्द्र[Fukuoka Employment Service Center for Foreigners]

●所स्थान: 〒८१०-०००१ फुकुओका शहर च्युओ वार्ड तेन्जिन १-४-२ एरुगा अफिस १२ तला

●टेलिफोन नम्बर ०९२-७१६-८६०८

●खुल्ने समय: १०:००-१८:०० [*शनिबार, आइतबार, सार्वजनिक बिदा, वर्ष को अन्त्य र नयाँ वर्षको बिदामा बन्द]

●दोभासे [अंग्रेजी] हरेक हप्ता, सोमबार देखि शुक्रबार, १०:०० देखि १७:०० सम्म [चिनियाँ] हरेक हप्ता सोमबार र बिहीबार १०:००-१७:००[युक्रेनी] हरेक हप्ता मंगलबार [रिजर्भेसन आवश्यक] १०:००-१७:००

●वैदेशिक रोजगार व्यवस्थापन सल्लाहकार [रिजर्भेसन आवश्यक]हरेक हप्ता मंगलबार・बिहीबार १०:००~१७:०
*दोभाषे र वैदेशिक रोजगार व्यवस्थापन सल्लाहकारहरू १२:०० देखि १३:०० सम्म उपलब्ध हुने छैनन्।

फुकुओका वैदेशिक रोजगार सेवा केन्द्र आधिकारिक लाइन

LINE अकाउँटमा साथी बन्नु भयो भने、फुकुओका वैदेशिक रोजगार सेवा केन्द्रबाट काम खोज्ने लगाएतका आवश्यक जानकारी आदि पाउन सक्नुहुन्छ।

GoodLuck!!