फुकुओकामा भियतनामको नयाँ वर्ष ( टेट ) मनाउने कार्यक्रमको आयोजना गरियो !!
फुकुओकामा 「फुकुओका आओजाई फेशन सप्ताह 」को रूपमा भियतनामको नयाँ वर्ष ( टेट ) मनाउने कार्यक्रम २०२४ साल जनवरी महिना १८ तारिकदेखि जनवरी महिना २१ तारिकसम्म आयोजना गरियो |
यस कार्यक्रममा भियतनामबाट प्रसिद्ध गायकगायिका, अभिनेता, मोडेल र र्यापरहरू समेत उपस्थिति थियो !! उहाँहरूले प्रभावशाली प्रदर्शनबाट कार्यक्रम जीवन्त बनाउनुभयो |
यसबाहेक ६० वटाभन्दा बढी बुथहरूमा फो, बाइन्मी इत्यादि भियतनामका परिकारहरू चाखेर फुकुओकामै रहेर भियतनामको अनुभव गर्ने अवसर प्राप्त भयो !
チャレンジャーNICE
जनवरी २० तारिक शनिबारको दिन सबैले आओजाई लगाई भियतनामको नक्सा बनाउने गिनिज बुकमा विश्व रेकर्ड राख्ने चुनौती परियोजना पनि बनाइयो र गिनिज विश्व रेकर्ड राख्न सफल पनि भयो | यो रेकर्ड राख्न भियतनामीहरू मात्र होइन जापानी र अरू देशहरू मानिसहरू पनि सहभागी भई राष्ट्रिय सिमाना नाघेर गरेको सबैको सहयोगको कारणबाट प्राप्त भएको सफलता हो |
यसरी फुकुओका विभिन्न देशहरूबाट आएका मानिसहरूको लागि एक मैत्रीपूर्ण क्षेत्र हो जहाँ एक अर्काको देशको संस्कृतिको कदर गर्दै ढुक्कसँग जीवनयापन गर्न सक्छन् | तपाईंहरू पनि फुकुओकामा अवश्य पालनुहोस् !!
By using this site, you agree to the use of cookies. For more details, please refer to our Privacy Policy.